४ भाद्र २०७९, शनिबार

६ कक्षामा पढ्ने बालिकाले विद्यालयमा चलाइन् गोली

अमेरिकाको आइडाहोमा रहेको एक विद्यालयमा ६ कक्षामा पढ्ने बालिकाले झोलाबाट बन्दूक निकालेर गोली हानी तीनजनालाई घाइते पारेकी छन् । उनले दुईजना विद्यार्थी र एक कर्मचारीलाई गोली हानेकी हुन् ।

तिनीहरूको ज्यान जोखिममा छैन । रिग्बी मिडल स्कूलमा ती बालिकाबाट एक शिक्षकले बन्दूक खोसेका थिए र पछि प्रहरी आइपुगेको जेफरसन काउन्टी शेरिफ स्टिभ एन्डरसनले बताए । ती बालिकाको नाम र उमेर तत्कालै सार्वजनिक गरिएन । 

‘उनले विद्यालयभित्र र बाहिर धेरै राउन्ड गोली चलाइन्,’ एन्डरसनले पत्रकार सम्मेलनमा भने । ‘किन उनले त्यसो गरिन् भन्ने विस्तृत विवरण हामीसँग छैन । त्यसको अनुसन्धान भइरहेको छ ।’

गोली चल्न थालेपछि विद्यार्थीहरूलाई तत्कालै अभिभावक बोलाएर घर पठाइएको थियो । शुक्रवारको कक्षा रद्द गरिएको जेफरसन स्कूल डिस्ट्रिक्ट सुपरइन्टेन्डेन्ट चाड मार्टिनले बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख