४ भाद्र २०७९, शनिबार

भारतमा एकैदिन ४ लाख १४ हजार ४३३ जनामा संक्रमण, ३ हजार ९२० जनाको मृत्यु

नयाँदिल्ली । विश्वयापी महामारीको रुपमा फैलिएका (कोरोना भाइरस) को दोस्रो लहरको भारतमा संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ ।

एकैदिन कोरोना संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । यसअघि हिजो विहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या अझ बढेको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ छ । भारतमा एकैदिनमा ३ हजार ९२० कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख