४ भाद्र २०७९, शनिबार

काठमाडौँमा निषेधाज्ञाकै बेला १४ वर्षीया बालिकालाई होटलमा लगेपछि…

काठमाण्डौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामा रहेका छन् ।

उनले काठमाडौं सुन्धारास्थित ढोरपाटन होटलमा ललाई फकाई ती बालिकालाई लगेर २ दिनसम्म राखी पटक–पटक जबरजस्ती करणी गरेको आरोप छ ।

उनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख