२८ बैशाख २०७८, मंगलबार

आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (हेर्नुस् सूची)

काठमाण्डौँ । आजदेखि ४५ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयको विवरणअनुसार आजबाट महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक, बाँकी ३६ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।

आवश्यकता अनुसार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा बढाउन सक्ने प्रवक्ता दाहालले नेपाल प्रेसलाई बताए।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख