२८ बैशाख २०७८, मंगलबार

निषेधाज्ञा १० दिन थपियो

कास्की । कास्कीमा जारी लकडाउनलाई थप कडाइ गर्दै २१ देखि ३१ गतेसम्म निरन्तरता दिइएको छ । १३ गते जारी गरेको निषेधाज्ञामा २१ गतेसम्म आंशिक लकडाउन गरिएको थियो ।

उक्त लकडाउनमा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । तर, आइतबार जारी आदेशमा सवारीसाधन पनि बन्द गर्न भनिएको छ ।

निषेधाज्ञामा पार्टी प्यालेस, होटल रेस्टुरेन्टमा हुने बिबाह, संस्कारजन्य हरेक क्रियाकलाप बन्द गर्न आदेश जारी गरिएको छ ।  स्वास्थ्य क्षेत्र, शववाहन, दमकलबाहेक सार्वजनिक तथा निजी सवारी साधनहरुसमेत बन्द हुनेछन् ।

‘दैनिक उपभोग्य खाद्यसामाग्री, दूध, फलफूल, ग्यास, पानी, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री, ‘डिपार्टमेन्टल स्टोरहरु दिनमा एक पटक बिहान ५ बजेदेखि ९ बजेसम्ममात्रै खुल्नेछ,’ निषेधाज्ञामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख