४ भाद्र २०७९, शनिबार

स्वदेशिएका एक युवाको सङ्घर्ष र सफलताको कथा : प्रदेशले सिकाएको सीप र स्वदेशले चाहेको पात्र

काठमाडाैं- बैदेशिक राेजगारीकाे शिलशिलामा प्रवासी युवाहरू स्वदेश फर्किएर अाफै व्यबसाय गरेका उदाहरणहरू अाइरहेका छन् । गाेरखाका एक युवा अहिले प्रदेशमा अाफुले सिकेकाे सिपलार्इ स्वदेशमा नै प्रयाेगमा ल्यार्इरहेका छन्, उनी हुन् गण्डकी गाउपालिका-८, घ्याल्चाेकका भिम श्रेष्ठ ।

पारिवारिक पृष्ठभुमि

घ्याल्चोककाे निम्नमध्यमवर्गीय परिवारमा बुबा रामजी श्रेष्ठ र आमा कवित्रमाया श्रेष्ठको तेस्रो सन्तानको रुपमा जन्मिएका उनी गाउँकै ज्ञानमार्ग माध्यमिक बिद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरेपछि एउटा झोला काँधमा बोकेर देशको राजधानीतर्फ सोझिए ।

गाउँबाट उच्चशिक्षाको लागि शहर आएपछि मनमोहन मेमोरियल कलेजमा कक्षा १२ सम्मको अध्ययन गरे । कक्षा १२मा अध्ययन गर्दाताका नै एक निम्न मध्यम वर्गीय परिवारमा जन्मनुको नताले उनले सङ्घर्ष र अभावलाई नजिकैबाट नियाले ।

सामान्य जीवन यापन गर्नपनि ४–५ हजार खर्च हुने बेलामा १ हजारको जागिरले उनलाई दुःख, सङ्घर्ष र आर्थिक अभावबारे राम्रैसँग परिचित गराईदियो । विज्ञान पढेर चिकित्सक बन्ने उनको सपना पनि त्यस्तै अभाव र गरिवीसँगै तुहियो ।

मनमोहनपछि थप उच्च शिक्षा अध्ययनको लागि उनी पब्लिक युथ कलेजमा व्यवस्थापन संकायमा भर्ना भए । त्यहाँ उनी अखिल क्रान्तिरकारीसँग जोडिएर राजनीतिमा लागे । त्यही बेला अखिल क्रान्तिकारीले पब्लिक युथ कलेजको स्ववियु निर्वाचनमा ऐतिहासिक जीत हासिल ग¥यो । आर्थिक अभावको बिच विद्यार्थी राजनीतिमा लाग्दा उतिबेला पीडादायी भएपनि अहिले त्यो क्षण साँच्चै रोमाञ्चकारी लाग्छ उनलाई ।

जव बिदेश हानिए

स्नातकसम्मको अध्ययन पुरा गरेपछि उनले सात समुद्रपारी (यूके) जाने सपना बुने । त्यता पुग्नपाए कमजोर आर्थिक हैसियतबाट गुज्रिरहेको परिवारकोलागि आर्थिक जोहो पनि हुने, उच्च शिक्षा पनि प्राप्त गर्न सकिने । त्यही लोभले उनको मन उतातिरै लहसियो । तर दुर्भाग्य ! त्यसै सालदेखि यूकेले विद्यार्थी भिसा बन्द गरिदियो ।

यस्तो परिस्थितिका बिच उनले अब जसरी भएपनि वैदेशिक रोजगारीमा जाने सोच बनाएर अघि बढे । सोही सोचलाई मूर्त रुप दिन २ महिने भिजिट भिसामा दुवईतिर हान्निए । त्यतिबेलाको पीडा पनि कम रोचक छैन उनलाई । भिजिटभिसामा दुवई भासिएका उनले ‘जागिर’ पाउने छाँट नदेखेपछि स्वदेशतिरै फिर्ता हुने सोच बनाए । तर संयोगवश उनलाई ४० हजार रुपैयाँको जागिर मिल्यो ।

जागिर मिलेपछि मनभरी सामाजिक चेत भएका उनी चुप लागेर बस्न सकेनन् । फलस्वरुप गैर आवासीय संघ अमल क्विनको क्षेत्रीय अध्यक्षको रुपमा जागिरसँगै उनी समाजसँग समेत जोडिए । यसैबिच ‘गोरखा सेवा समाज यूएई’को सचिव हुँदै अध्यक्षसम्म बनेर विदेशी भूमिका रहेका नेपालीमात्र होइन, विदेशीभूमिबाट स्वदेशमा समेत सहयोग गरे ।

अहिले पनि समाज सेवा र दीनदुःखीलाई सहयोग गर्ने सवालमा उनी आफ्नो गाउँघरमा अग्रणी मानिन्छन् । जीवनलाई अगाडि बढाउने सन्दर्भमा आईलाग्ने समस्यालाई थेग्नसक्ने भएकैले यहाँसम्म आईपुग्न सकेको उनको बुझाई छ ।

पत्रकारीतासँगै व्यबसाय

काठमाडौंको मासिक १ हजारको जागिर हुँदै दुवईको एक कम्पनीमा ‘अकाउण्ट मेनेजर’को रुपमा काम गर्दासम्म उनले मासिक डेढलाखसम्म कमाउनसक्ने भए । तर यतिमात्रैले दुवईमा उनको मन थामिएन । पँखेटा लागेको शरीर र चञ्चले स्वाभावले उनलाई स्वदेशतिरै उँड् भन्यो ।

स्वदेश फर्किएपछि अब के गर्ने भन्नेमा उनले केही समय अनिर्णय र रन्थमोलमै बिताए । यसैबिच पत्रकारिता क्षेत्रसँग जोडिए उनी । काठमाडौंबाट प्रकाशन हुने रंगीन ‘नवरस साप्ताहिक’मा ‘कला संवाददाता’को रूपमा काम गर्दा उनी नेपाली लोक गीत संगीत क्षेत्रमा आवद्ध सबैजसोसँग परिचित बने ।

यसरी जन्मियाे चाँदनी नाचघर

जीवनको बनिबुतो यतिमात्रैले नचल्ने भएपछि उनले एउटा निर्णय लिए– आफ्नो जीवन पनि चल्ने र नेपाली लोक संस्कृतिको पृष्ठपोषण पनि हुने किसिमको काम गर्ने । यसै सोचको फलस्वरुप नयाँ बसपार्क दूरसंचार अगाडि जन्मियो– ‘चाँदनी रोधी नाचघर प्रा.लि.।’

यसै नाचघरले आफ्नो प्रथम वार्षिकोत्सव नेपाली गीत संगीत क्षेत्रका वरिष्ठ गायक कुमार बस्नेतको प्रमुख आतिथ्यमा भर्खरै भव्य रुपमा मनायो । भीमका दिनहरू आजकाल यसै नाचघरमा लोपोन्मुख नेपाली लोक संस्कृति ‘मारुनी’ र ‘सोरठी’हरु पस्केर बित्ने गरेको छ । यसै पेसाले उनलाई चाहिएको बेला गोजीबाट २–४सय निकाल्नसक्ने बनाएको छ ।

बाबुराम भट्टराई राजनीतिक आदर्शका व्यक्ति

आफ्ना कुरा निडर र निर्भिक रुपमा राख्ने स्वाभाव भएका उनका राजनीतिक आदर्श भने नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई हुन् । नयाँ शक्ति पहिल्यै ठूलो भएर जन्मियो अनि खिईंदै गयो । तरपनि भीम नयाँशक्तिले फेरि साईज लिनेमा विश्वस्त छन् ।

अहिले उनी नयाँ शक्तिपार्टीे गण्डकी गाउँपालिका संयोजक तथा प्रवास सम्पर्क संयन्त्र प्रदेश–४ संयोजकको जिम्मेवार वहन गरिरहेका छन् । ‘असल राजनीति र समावेशी विकासको लागि जनसंवाद यात्रा’को नारा बोकेर उनका आदर्श देश दौडाहामा निस्किएको बेला उनलाई भने आफू संलग्न पेशाले काठमाडौंमै अड्काएको छ । भन्छन्– ‘समय मिलाएर यस महा अभियानमा जसरी भएपनि सहभागी हुनेछु ।’

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख