२८ बैशाख २०७८, मंगलबार

महिलाहरुले लामो कपडा लगाएको भन्दै सार्वजनिकस्थलमै प्रहरीले कातेर छाेटाे पारिदिए पछि

पहिरनले मानिसको व्यक्तित्व झल्किन्छ । विशेषगरी दक्षिण एसियामा अझ मुस्लिम महिलाले त निकै लामा पहिरन लगाउँछ । लामो लगाउन भनिन्छ पनि । मु’स्लिम महिलालाई लामो र पूरै शरीर ढाक्ने पहिरन (पोशाक) लगाउन अनिवार्य गरिएको छ । अहिल पनि मुस्लिम महिला बुर्का (मुख छोप्ने विशेष प्रकारको कपडा) लगाउँछ ।

आफ्नो धर्ममा प्रचलित यो नियमलाई पालन गर्नु आज पनि मु’स्लिम समुदायमा राम्रो मानिन्छ । तर, आज हामी तपाईलाई एउटा यस्तो देशका बारेमा जानकरी गराउँदै छौं जहाँ महिलाले लामो कपडा लगाए सरकारले नै काटी दिन्छ वा छोटो बनाइदिन्छ ।

भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्वीर यति बेला भाइरल छ । चीन सरकारले त्यहाँको मुस्लिम बहुल्य शिन्कियाङ प्रान्तमा बस्ने बहुसंख्यक मुस्लिम समुदाय उइगर मुसलामानमाथि पछिल्लो समय एकपछि अर्को गर्दै नयाँनयाँ प्रति’बन्घ लगाउँदै आएको छ ।

पहिला त्यहाँको स्कूलमा बच्चालार्य धा’र्मिक कार्यक्रममा भाग लिन रो’क लगायो । त्यसपछि पुरुषहरुलाई लामो दाह्री पाल्न (राख्न) प्रतिबन्ध लगाइ दियो । त्यतिमात्रै नभएर सार्वजनिक स्थानमा मुस्लिम महिलालार्य बुर्का लगाउन पनि रो’क लगायो । अहिले आएर अर्को एउटा नयाँ नियम अगाडि ल्याएको छ ।

जसमा महिलाहरुलाई लामो कपडा लगाउन रोक लगाइएको छ । यदि यो नियम विपरित कुनै महिलाले लामो कपडा लगाएको पाइए त्यसलाई तत्काल काटिने (छोटो बनाइने) छ । चिनियाँ प्रह’रीले उइगुर मुस्लिम महिलालाई लामो कपडा लगाउन रोक लगाएको छ । सडकमा यदि उइगुर मु’स्लिम महिला लामो कपडामा देखिएमा तत्काल उनको कपडा कैंचीले काटिएको तस्वीरहरु सार्वजनिक भएका छन् ।

हाल सामाजिक सञ्जालमा उइगुर मुस्लिम महिलाको लामो कपडा काट्दै गरको तस्वीरहरु भाइरल भएका छन् । यस सम्बन्धमा ‘डकुमेटिक अपरेशन एग्नेष्ट मुस्लिमस’ (डीओएएम) संगठनले भनेको, ‘उनीहरुलाई लाग्छ उइगुर मुस्लिम महिलाहरुको कपडा (पोशाक) धेरै लामो छन् । यसका लागि बाध्य भएर उनीहरुले यो नियम लागू गरेका हुन ।’

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख