२८ बैशाख २०७८, मंगलबार

आज सूचना प्रविधि दिवस मनाइँदै: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुदैँ

काठमाडौं । आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ ।

मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दिवसकै अवसरमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुभकामना सन्देश जारी गरेका छन् ।

मन्त्री गुरुङले आधुनिक युुगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै “समृद्ध नेपालः सुुःखी नेपाली”को राष्ट्रिय संकल्पलाई पूरा गर्नेतर्फ सरकारले लक्ष्य लिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख