२८ बैशाख २०७८, मंगलबार

कोरोना अस्पतालमा आधिरातमा आगलागी हुँदा १२ जनाको मृत्यु

गुजरात । भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी भएको छ । आगलागीमा परि कम्तिमा १२ जना बिरामीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

मृतकको संख्या बढ्न सक्ने बताइएको छ । 

भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको त्यहाँको प्रहरी चौकीका एसपी राजेन्द्रसिह चुडास्माले जानकारी दिएका छन्।

अस्पतालका अनुसार उपचाररत १२ बिरामीले ज्यान गुमाएका छन्। आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख