२८ बैशाख २०७८, मंगलबार

भारतसँगको सीमा नाका बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाण्डौँ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को शुक्रबारको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिस गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ ।

उक्त सिफारिसबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख