२८ बैशाख २०७८, मंगलबार

अभिनेत्री साम्राज्ञीले सुरु गरिन् अनलाईन ब्यवसाय !

काठमाडौँ । पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दो छ । यस्तैमा पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि अनलाईन व्यवसाय सुरु गरेकी छन् । जसको अनुमान उनले सामाजिक संजालबाट सार्वजनिक गर्ने तस्बिरबाट लगाउन सकिन्छ ।

राम्रो ‘ड्रेस सेन्स’ र दर्शकमा राम्रो क्रेज भएकी शाहले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी छन् । ‘प्याप’ नाममा खोलिएको उनको अनलाइन स्टोरमा नेपालमै तयार गरिएका महिलाका पहिरन छन् । जसको प्रचार शाहले दैनिक फोटोसुटका तस्बिरहरु सार्वजनिक गरेर गर्दै आएकी छन् ।

कोरोना महामारीपछि बिभिन्न अनलाइन सपिङ बढेको छ । आवश्यक हरेक सामान अनलाइनबाटै अडर गर्न सकिन्छ । यहि कुरालाई मध्यनजर गरेर साम्राज्ञीले पनि अनलाइन स्टोर सुरु गरेको हुन सक्छिन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख