२८ बैशाख २०७८, मंगलबार

देउवाले गर्दैछन् आज पत्रकार सम्मेलन

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कोरोना महामारी नियन्त्रणमा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जीवन लगायतका विषयमा धारणा सार्वजनिक गर्न देउवाले पत्रकार सम्मेलन गर्ने भएका हुन् । 

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो ३ बजे देउवा निवास बूढानीलकण्ठमा हुने पत्रकार सम्मेलनमा कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिकालगायत विषयमा देउवाले आफ्ना धारणा राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख