२८ बैशाख २०७८, मंगलबार

कोरोना विरुद्धको लडाईमा सहयोग गर्ने भन्दै चीनको भारतलाई पत्र

काठमाण्डौँ । भारतमा कोरोना महामारीले विद्रुप रूप देखाएपछि चीनले सहयोगको बाचा गर्दै पत्र लेखेको छ । बीबीसीले जनाए अनुसार चिनियाँ विदेश मन्त्री वाङ यी ले भारतीय समकक्षी यस जय शंकर लाई चिठ्ठी लेख्दै सहयोगको हात बढाएका हुन् । 

चीनले भारतलाई पठाएको पत्रमा लेखिएको छ – महामारीसँग लड्नका लागि चीनमा बनेका समानहरू तीव्र गतिमा भारत पुर्याइदैछ । 

उनले चीनले भारतलाई दिँदै आएको अत्यावश्यक सहयोग जारी राख्ने पनि प्रतिबद्धता जनाएका छन् । कोरोना भाइरस मानताका लागि नै खतरा बनेको र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै यससँग लड्नुपर्ने कुरा पनि पत्रमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख