२८ बैशाख २०७८, मंगलबार

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मन्त्री बने राजीव गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।

गहिरो सत्ता संकटमा रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ ‘मनाङे’लाई युवा तथा खेलकुद मन्त्री बनाउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

नवनियुक्त मन्त्री गुरुङको केहीबेरमा नीति तथा योजना आयोगको सभाहल पोखरामा सपथ गराइँदैछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख