४ भाद्र २०७९, शनिबार

कोरोना भाइरस भारतः एकैदिन ३६ सयबढीको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण ३ हजार ६४५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार उक्त अवधिमा ३ लाख ७९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पनि एक करोड ८३ लाख नाघेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या पनि ३० लाख ८४ हजार नाघेको छ । भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ४ हजार ८३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख