२८ बैशाख २०७८, मंगलबार

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ सहित परिवारका ५ जनामा काेराेना पुष्टि, लेखे यस्तो स्टाटस ।

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठसँगै उनको परिवारका ५ जनामा कोरोना देखिएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु लगायत, छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना देखिएको बताएका छन् । फेसबुकमा उनले लेखेका छन्,‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ।’

श्रेष्ठले कोरोना भाइरसलाई खेलाँची नगर्न पनि गआ्रह गरेका छन् । उनले भनेका छन्, ‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला ।जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’ श्रेष्ठको आज जन्मदिन पनि हो।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख