२८ बैशाख २०७८, मंगलबार

२४ घण्टामा १०९६ जना नयाँ कोरोना संक्रमित थपिए, बालबालिका मात्रै ११२ जना ।

काठमाडौं – नेपालमा १०१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०९६ जना नयाँ संक्रमित थपिएका हुन् ।

हालसम्म दुई लाख ७५ हजार ३०० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या पाँच हजार ८ रहेको छ । पछिल्लो २४ घण्टामा २६२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ० देखि ९ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार मात्रै ९१ जना बालबालिकामा कोरोना संक्रमित भेटिएका थिए । यसअघि शुक्रबार पनि कोरोना संक्रमित बालबालिकाको संख्या ८१ थियो।

पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै चारजनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख