२८ बैशाख २०७८, मंगलबार

गायिका ‘समिक्षा अधिकारी’ भन्छिन्, ‘नायिका बन्ने रहर छ’ ।

गायिका ‘समिक्षा अधिकारी’ पछिल्लो समयक चर्चामा छिन् ।उनले, स्वर भरेका धेरै गीतहरुले बजारमा राम्रो चर्चा पाएका छन् । तर, ‘समिक्षाको’ चाहना गायिकामा मात्र सिमित हुने छैन । उनले, चलचित्रको पर्दामा ‘नायिका’ बन्ने इच्छा पनि व्यक्त गरेकी छिन् ।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’ मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षाले आफूलाई ‘नायिका’ पनि बन्न मन लागेको बताइन् । बाल्यकालदेखि नै आफूलाई गायनसँगै अभिनयमा पनि रुची रहेको समिक्षा बताउँछिन् ।

कुराकानीमा उनले भनिन्–’मलाई चलचित्रमा नायिका भएर अभिनय गर्ने ठूलो इच्छा छ । तर, तत्काल भने होइन ।’ उनले ४–५ वर्षपछि चलचित्रमा अभिनय गर्ने सोच रहेको बताइन् । हाल कक्षा १० मा अध्ययन गरिरहेकी समीक्षाले भनिन्– अहिले त गायनलाई नै प्राथमिकता दिइरहेकी छु । त्यसमाथि अहिले पढाइमा पनि केन्द्रित हुनुपर्नेछ । ‘प्लस टु’ वा ‘ब्या-चलर’ सकेपछि नायिका बन्ने सोच हो ।’

समीक्षाले ‘बालापनको उमेर पछि गाएका ‘माया मारेर’, ‘आधि कपाल’, ‘नबोली नबोली’, ‘पछयौरी लिस्यो’ लगायतका गीत चर्चित छन् ।-अनलाईन खवर ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख