२८ बैशाख २०७८, मंगलबार

‘७० तोला सुन र ७ लाख नगद’ चोरी गरेको आरोपमा युवक पक्राउ ।

७० तोला सुनका गरगहना र सात लाख नगद सहित ४३ लाख लाख बराबरको धनमाल चोरी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले म्याग्दी मालिका गाउँपालिका–२ घर भई हाल काठमाडौं तारकेश्वर बस्ने २८ वर्षीय दिलिप भन्ने दिल बहादुर पुनलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका लगायत बिभिन्न जिल्लाका बिभिन्न सहकारी तथा वित्तिय संघ संस्थाहरु तथा सुन चाँदी पसलमा रातको समयमा चोरी गर्ने कार्यमा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा उनी पक्राउ परेको महाशाखाले जनाएको छ ।

नवलपारासी गौडाकोट नगरपालिका–५ काग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलको सटर फोडी पसलमा रहेका बिभिन्न तयारी सुनका गर गहना ७० तोला र सात लाख नगद सहित ४३ लाख बराबरको धनमाल चोरी गरेको कार्यमा उनी संलग्न रहेको देखिएको महाशाखाको दाबी छ । उनलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासी पठाईएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख