२३ श्रावण २०७९, सोमबार

“भ्वाइस अफ नेपालमा” जब १६ बर्षिय युवकले, को’रोनाका कारण संसार त्यागेकि आमालाई सम्झेर गित गाए (भिडियो सहित)

“दि भ्वाइस अफ नेपाल सिजन–३” को डिजिटल अडिसन राउण्डको सातौँ दिनमा पनि स्टेजमा रुवाबासी भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।  

“यो शोको तेस्रो सिजनका लागि सुरु भएको अडिसनको सातौँ दिनमा बाजुराका ध्रुब बिकले सबै जजहरुलाई रुवाएका छन् । उनले जिन्दगीको के भर छ र भन्दै आफ्नी आमालाई सम्झिएका छन् । को’रोनाले आमालाई गुमाएका ध्रुबको कुरा सुनेर भ्वाईसको माहोल सुनसान भएको छ ।”  

अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारण हुने बताइएको छ । शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । ‘दि भ्वाइस अफ नेपाल’को रोमाञ्चक यात्रामा यसपटक झनै उत्कृष्ट रुपमा आफूलाई प्रस्तुत गर्ने दिप, प्रमोद र राजुले बताए ।

“यसअघि टिम दिप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् । यसपटक के राजु लामा आफ्नो टिमले शोको टाइटल जित्छ भन्ने अपेक्षा गरिरहेका छन् त ?” राजु भन्छन्–‘जित्नु नै सबै कुरा होइन । म सधै नै आफ्नो टिममा आउने प्रतिस्पर्धीले उत्कृष्ट काम गरेको हेर्न चाहन्छु । यसैले मलाई जित्नैपर्छ भन्ने दबाब छैन ।’  

हेर्नुहोस भिडियो !

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख