६ बैशाख २०७८, सोमबार

”नुनपानी र अम्बाको” पात हालेर उमालेको पानीले कुल्ला गरे कोरोना चेट हुन्छ

काठमाण्डाै – ”बेसारपानी खाएपछि कोरोना लाग्दैन भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने र नुनपानीले कुल्ला गर्दा कोरोनाबाट बच्न सकिने कुरा दोहोर्‍याउनुभएकाे छ ।” ”नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोरोना सङ्क्रमणबाट जोगिन सकिने पनि बताउनुभयो । कोभिड–१९ विरुद्धको खोपले पनि शत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको ओलीले बताउनुभयो । ”

”उहाँले भन्नुभयो, ‘अलि तातोतातो पानी लिँदै, नस लिँदै, नाक स्याकस्याक गरेर सफा गरिदिऔँ पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुनपानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुई वटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरl धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन । भ्याक्सिनले पनि केही प्रसेन्ट सुरक्षित गर्ने होऽ केही प्रसेन्ट बाँकी रहन्छ, त्यही केही प्रसेन्टभित्र परियो भने गैगयो नि । त्यसकारण पूर्ण भन्ने कुरा, शत प्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ ।’’


पछिल्लो समय भारतमा कोभिड सङ्क्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकाले सचेत बन्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको हो । उहाँले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भइ सावधानीका उपायहरू अपनाउनुपर्ने बताउनुभयो । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड सङ्क्रमणबाट जोगिन सकिने उहाँले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौँ तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौँ भने । हामी सावधान हुनुपर्छ अहिलेदेखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔँ । मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔँ ।’
आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताउनुभयो ।-उज्यालाे अनलाइन ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख