१४ फाल्गुन २०७७, शुक्रबार

कक्षा ११ मा पढ्ने व्यक्तिले गरेका थिए भागरथीको बलात्कारपछि हत्या, प्रहरीले आज सार्वजनिक गर्दै

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भागरथीको विद्यालयकै एक छात्रले प्रहरी समक्ष अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

भागरथी स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । प्रहरी स्रोतका अनुसार ती छात्रलाई आज बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी पछिल्लो दिन बेलुका बलात्कार गरि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।

भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेको थियो। भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिम प्राप्त कुकुरले अपराधी गएको बाटो देखाए पनि अपराधीको घरसम्म पुग्न सकेको थिएन । 

भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले मङ्गलबार मात्रै कंचनपुरबाट एक जनासहित अन्यलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख