१४ फाल्गुन २०७७, शुक्रबार

एक सातामै दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । एक साता नबित्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि माघ २८ गते पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको निगमले पुनः गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

अहिले निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको प्रवक्ता उपाध्यायले जनाउनुभयो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको भाउ बढेर घाटा चुलिएको बताउँदै निगमले मुल्य समायोजन गरेको जनाएको छ । यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख