१४ फाल्गुन २०७७, शुक्रबार

बाबुले गरे गोली हानेर बिवाहित छोरीको हत्या

काठमाडौं । बैतडीमा एक वृद्धले बिवाहित छोरीको गोली हानी हत्या गरेका छन् । पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा धामीको गोली हानी हत्या गरेका हुन् ।

हिजो बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

छोरीको हत्या गरेर बुवा भने फरार छन् । घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका महराको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख