१४ फाल्गुन २०७७, शुक्रबार

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई

काठमाडौँ ।  कक्षा  ११    मा    अध्ययनरत    विद्यार्थीको    अन्तिम  परीक्षा  सम्बद्ध  विद्यालयले  नै सञ्चालन  गर्ने  भएका  छन्  ।  

राष्ट्रिय  परीक्षा  बोर्डले  यसै  शैक्षिक  सत्रमा  कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम  परीक्षा  विद्यालयले  नै  गर्ने  स्पष्ट गरेको छ । बोर्डका  अध्यक्ष  प्रा.डा.  चन्द्रमणि  पौडेलले  बोर्डले  अन्तिम  परीक्षा  सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै  हस्तान्तरण  गरेको  जानकारी  दिए । 

अब पठनपाठन, आन्तरिक परीक्षा, अन्तिम परीक्षा र नतिजा प्रकाशन समेतको  जिम्मेवारी  विद्यालयलाई  आएको छ । बोर्डका अध्यक्ष गौतमले भने, “नेपाल सरकारले कार्यविधि परिवर्तन गरेबाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन गर्दैन ।” यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् । 

बोर्डले  गत  वर्षको  कक्षा  ११  मा  अध्ययन  गर्ने  विद्यार्थीको  अन्तिम  परीक्षा  सञ्चालन  गर्दा परीक्षा  सञ्चालनसम्बन्धी कार्यविधिमार्फत सो अधिकार विद्यालयलाई दिएको थियो । कोरोना भाइरसका कारण बोर्डले राष्ट्रिय स्तरमा  एकै  पटक  परीक्षा  सञ्चालन  गर्न  नसकेपछि कार्यविधिमार्फत  उक्त  अधिकार विद्यालयलाई दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख