१४ फाल्गुन २०७७, शुक्रबार

चीनले कोरोनाविरुद्धको ५ लाख डोज खोप दिने प्रतिवद्धता

काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ५ लाख डोज उपलब्ध गराउने भएको छ । शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको टेलिफोन कुराकानीमा चीनका विदेश मन्त्री वाङले ५ लाख डोज खोप अनुदानमा दिने प्रतिवद्धता जनाएका हुन् ।

यसअघि आइतबार नेपालस्थित चिनियाँ दूतावासले तीन लाख डोज खोप नेपाललाई अनुदानमा दिने जनाएको थियो । यद्यपी अहिलेसम्म चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको खोप नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइसकेको छैन ।

चिनियाँ खोप ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी देखिएको छ । सिनोफर्मले उत्पादन गरेको खोप अढाई करोड डोज खोप प्रयोगमा आइसकेको छ । भारतले यसअघि नै नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख