२८ बैशाख २०७८, मंगलबार

महोत्तरीको बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबीच झडप, जनप्रतिनिधि घाइते

बर्दिबास । महोत्तरीको बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा केही जनप्रतिनिधि घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्ग बन्द गरेर बसेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो। राजमार्ग खुलाउने क्रममा सामान्य झडप भएको महोत्तरी प्रहरीले जनाएको छ।

प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन्।

वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ भने अरुको हातखुट्टामा चोटपटक लागेको छ। 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख