१४ फाल्गुन २०७७, शुक्रबार

दूधे बालक बेपत्ता : अपहरणको आशङ्का

लहान । सिरहा नगरपालिका–१ निवासी प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मङ्गलबार साँझबाट बेपत्ता भएका छन् ।

आफ्नै घरआँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएपछि परिवारजनले अपहरण भएको हुनसक्ने आशङ्का गरेको छ । घरको बरन्डामा खेलिरहेका बेला आफू घरभित्र खाना पकाउन गएको र त्यही क्रममा अचानक हराएको बालककी आमा सङ्गीता यादवले जानकारी दिनुभयो ।

हराएको छोरालाई सबैतिर खोजी गरे पनि फेला नपरेपछि अपहरण भएको हुनसक्ने उहाँले आशङ्का गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले बच्चा हराएको सूचना पाएलगत्तै खोजी कार्य तीव्र पारिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख