१८ फाल्गुन २०७७, मंगलबार

कोटेश्वरको सेकुवा कर्नरमा आगलागी हुँदा २० लाखको क्षति

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी भएको छ । उक्त आगलागीबाट करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको हो ।

तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए ।

जस्ताको टहरोमा सन्चालित सो सेकुवा कर्नर धिरज राईले सन्चालन गर्दै आएका थिए । सेकुवा पोल्ने कोइलाबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख