५ माघ २०७७, सोमबार

आजको राशिफल : २०७७ पुस २८ गते, मंगलबार

मेष : समय राम्रो रहने छैन । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ ।

वृष : केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ । सहयोगीको भरपर्दा काम बिग्रन सक्छ । विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

मिथुन : समय शुभ छ । व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ । अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ ।

कर्कट : समय राम्रो छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन् ।

सिंह : समय खराब छ । सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि गुम्न सक्छ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला । साथीभाइका कारण सामाजिक कार्यमा तनाव बढ्नेछ । लगनशील भए पनि काम अधूरै रहनेछ ।

कन्या : समय शुभ छैन । आँटेको काम केही समस्या देखिएको छ । साथीभाइसँगको असमझदारी बढ्न सक्नेछ जसले दिगो योजना बनाउन समस्या पर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । आज टाढाको यात्रा पनि नगर्नुहोला ।

तुला : दिन शुभ छ, मनोकामना पूर्ण हुनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ ।

वृश्चिक : दिन खराब छ । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्नेछ । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्नेछ ।

धनु : दिन अत्यन्तै शुभ छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने मौका रहेको छ । व्यापारमा पनि राम्रो फाइदा लिन सकिनेछ ।

मकर : समय राम्रो छैन । कामको मेसो नमिल्दा केही पछि परिएनेछ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।

कुम्भ : समय शुभ छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ ।

मीन : समय मध्यम खालको छ । वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि सजग रहनुपर्ला । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख