आज पनि घट्यो सुनको मूल्य, यस्तो छ तोलाको भाउ !

काठमाण्डौँ । नेपाली बजारमा आज पनि सुनको मुल्य घटेको छ । सुनको मूल्य ८ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा पुगेको छ ।
आइतबार सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ तोलामा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।