४ माघ २०७७, आइतबार

सप्तरीमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सप्तरी । सप्तरीमा नेपाली सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक बृद्धको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डमा बुधबार सेना चढेको बा.१ग. १९८१ नम्बरको वानटन गाडीले स. ५ प. ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार सप्तरीकै अग्निसाइर कृष्णासवरण गउँपालिका २ निवासी रामचन्द्र प्रसाद चौधरीको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भिर घाइते भएका ६५ वर्षिय चौधरीलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी भवनेश्वर साहले जानकारी दिए ।

ठक्कर दिने गाडी र चालक सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १७ निवासी मनिसराज राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख