५ माघ २०७७, सोमबार

टेल्जीको नयाँ इलेक्ट्रिक स्कुटर ‘लियोपार्ड’ नेपाली बजारमा

काठमाण्डौँ । टेल्जीको नयाँ स्कुटर ‘लियोपार्ड नेपाल भित्रिएको छ । टेल्जी स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालीले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा लियोपार्ड इलेक्ट्रीक स्कुटर बजारमा ल्याएको हो । लियोपार्डमा २.५ किलोवाट पावरको मोटरसहित ३.२ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ।

स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गेको कम्पनीको दावी छ। यस स्कुटरको ब्याट्री एक पटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ। यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपूर्ण फिचरहरु समावेश रहेको छ।

कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा टेल्जी लियोपार्डमा २५ हजार रुपैयाँ बराबरको छुट प्रदान गर्ने समेत जनाएको छ। हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् भने १० हजार रुपैयाँ बराबरको एसेसरिज निःशुल्क पाउने छन्। एशोसरिजमा ५ हजार वरावरको ब्लुटुथ हेलमेट, पिलियन व्याक रेस्ट र फुट म्याट प्राप्त गर्नेछन्।

यो स्कुटरमा उच्च स्तरीय प्रिन्टिङ क्वालिटी पीयू ८०० प्रविधिमा प्रिन्ट गरिएको छ। नेपाली बजारमा टेल्जी लियोपार्ड रातो, सेतो र गोल्डेन गरी तीन कलरमा उपलब्ध रहेको छ। कम्पनीले टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरेको छ। नेपाल भित्र्याएको टेल्जी लियोपार्ड गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गर्न सफल स्कुटर हो। यो इलेक्ट्रीक स्कुटरको एउटा विशेष मोडलले एक पटकको फुल चार्जमा ६५६.८ किलोमिटर यात्रा गरेर उक्त रेकर्ड राख्न सफल भएको थियो।

टेल्जी ब्रान्डको स्कुटर ७७ देशमा बिक्री भइरहेको छ। यो चिनियाँ प्रमुख ३ ठूला उत्पादक कम्पनीहरु मध्येको एक हो। त्यस्तै टेल्जी ब्रान्ड संयुक्त राष्ट्रसंघको इन्भाइरोमेन्ट इ–मोविलिटी प्रोगाम पार्टनर तथा ट्राभल पार्टनसर समेत रहेको छ। अहिले नेपालमा भित्र्याएको टेल्जी लियोपार्ड नेपाली भुगोल सुहाउँदो र नयाँ टेक्नोलोजीमा आधारित स्कुटर भएको योम मा इ मोटर्स प्रालीका निर्देशक संजिव सिल्पकारले बताए।

‘आगामी दिनमा पनि ग्राहकको चाहना अनुरुप यस्तै थुप्रै नयाँ उत्पादन ग्राहक माझ भित्र्याउने छौं। हामीले टेल्जी ब्रान्डलाई स्थापित गर्नका लागि बिक्रीमा मात्र ध्यान केन्द्रित नगरि बिक्री पछिको सेवालाई पनि त्यत्तिकै महत्वका साथ अघि बढाउँदै जानेछौ ,’ उनले भने। टेल्जीका स्कुटर नेपाली बजार सुहाउँदो मूल्य तथा अन्य कम्पनीको तुलनामा धेरै किलोमिटर रेन्ज दिने कम्पनीका अध्यक्ष राजेश राजकर्णिकारले दावी गरे। योम मा इमोटर्स प्रालीले हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर तथा जिनियस ब्रान्डका दुई मोडलका मोटरसाइकल बिक्री गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख