६ बैशाख २०७८, सोमबार

प्रदेश सरकार विघटन हुँदैंनन्ः मुख्यमन्त्री पोखरेल

काठमाडौ ।प्रधानमन्त्रीले प्रदेश सरकारहरु हटाउने कुनै सम्भावना नभएको नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । उनले प्रदेश सरकार र स्थानीय सरकारहरू निरन्तर रहिरहने तर प्रतिनिधि सभाको निर्वाचनको भने तयारी जानुपर्ने बताएका हुन् । 

उहाँ सङको अन्तरर्वार्तामा मुख्यमन्त्री पोखरेलले औपचारिक रुपमा दल विभाजन भएपछि विभाजित दलले विकल्प दिन सकेमा मात्रै प्रदेशमा विघटनको सम्भावना हुने बताए ।

तर, ‘प्रदेशसभामा पनि अविश्वासका प्रस्तावहरू आउने क्रम सुरू भयो भने के हुन्छ रु’ भन्ने प्रश्नमा उनी भन्छन्–‘विकल्प दिन सक्नुहुन्छ भने पाउनुहुन्छ । विकल्पको समस्या हैन । औपचारिक रुपमा दल विभाजन गर्नुपर्यो। विभाजन नगरी गर्नुहुन्छ, त्यहाँ पनि समस्या हुन्छ ।’  

औपचारिक रुपमा दल विभाजन गर्न चलखेल गर्न पाइने भएपनि एउटै दलमा रहेर समीकरणको काम गर्न नमिल्ने भएकाले औपचारिक रुपमा दल दर्ता गरेर विभाजित गरेको दलले विकल्प दिन्छु भन्यो भने मात्रै विघटन हुने उनको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख