४ भाद्र २०७९, शनिबार

बेलायतद्वारा गोस्वामीको च्यानललाई २० हजार पाउण्ड जरिवाना

काठमाडौं । बेलायतको अफिस अफ कम्यृुनिकेसन (आफकोम) ले भारतीय पत्रकार अर्नब गोस्वामीको टेलिभिजन च्यानल रिपब्लिक भारतलाई २० हजार पाउण्ड जरिवाना लगाएको छ । उक्त च्यानल रिपब्लिक टीभीको बेलायतबाट प्रसारण हुने हिन्दी न्युज च्यानल हो ।

बीबीसीका अनुसार अफकोमले एक आदेश जारी गर्दै आफ्नो ब्रोडकास्टको शर्त उल्लंघन गरेको कारण यो जरिमानाको निर्णय गरिएको बताएको छ । रिपब्लिक भारत च्यानलमा ‘पुछता है भारत’ कार्यक्रम सन् २०१९ को सेप्टेम्बर ६ मा प्रसारित गरिएको थियो । अफकोमले जरिवानाका साथै यो कार्यक्रम पुनः प्रसारण नगर्न पनि चेतावनी दिएको छ ।

रिपब्लिक भारतको एक कार्यक्रममा घृणा र असहिष्णुतालाई बढाउने सामग्री राखेको भन्दै बेलायतमा न्युज च्यानल ब्रोडकास्टको अधिकार दिने कम्पनी वर्ल्डभ्यु मिडिया नेटवर्क लिमिटेडमार्फत उक्त जरिवाना लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख