४ माघ २०७७, आइतबार

तिलोत्तमाका नगरप्रमुखसँग युवा

बुटवल । सामाजिक संस्था नमस्ते नेपाल, रुपन्देहीले नगरप्रमुखसँग युवा कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय युवाहरुले नगरप्रमुखसँग युवाहरुकै समस्यामा केन्द्रीत रही शनिबार उक्त कार्यक्रमको आयोजना गरेको नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले जानकारी दिए । कार्यक्रममा तिलोत्तमा नगरपालिका भित्र रहेका युवाहरुको सहभागिता रहने अध्यक्ष खरेलले बताए ।

नमस्ते नेपालले २०७४ सालको स्थानीय, प्रदेश र संघको निर्वाचनको पूर्वसन्ध्यमा यस क्षेत्रका उम्मेदवारहरुसँग प्रतिवद्धता माग सहितको कार्यक्रम गरेका थिए । निर्वाचन सम्पन्न भएको १ वर्षपपछि निर्वाचित उम्मेदवारहरुसँग निर्वाचनमा प्रतिवद्धता गरेका मागका सम्बन्धमा समीक्षा समेत गरेको सचिव सरोज खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख