४ माघ २०७७, आइतबार

गन्धर्व समुदायलाई बस्ने घरको व्यवस्था

पुस ,०३ बाँके।बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समुदायलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् ।पहिलो चरणमा २४ घरमध्ये १० घर निर्माणको काम सकेर हस्तान्तरण समेत भएको छ । नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्र्धव बस्तिलाई नगरपालिकाकै वडा नम्बर ११ मा सारिएको हो ।

तराई समृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई उपलब्ध गराएको र दोस्रो चरणमा ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए ।

सरकारले गन्धर्व समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । सरकारले घर बनाइदिएपछि खुसी भएको तर पहिलो चरणमा बनेका १० वटा घरको शौचालयको सेफ्टी ट्यांकी एउटै भएकाले केहि समस्या रहेको लाभग्राही बीरबहादुर गन्धर्वले बताए । आफूहरुलाई घरको लालपूर्जा समेत उपलब्ध गराइदिए सहज हुने अर्का दलबहादुर गन्धर्वले बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख