५ माघ २०७७, सोमबार

मानवता बिर्सेर गाई काट्ने युवा प्रहरीको फन्दामा ।

गोरखा । हिन्दु परम्परा अनुसार गाइ को पुजा गर्ने चलन छ, साथै नेपालको रास्टृय जनावर गाई हो । नेपालमा गाई मार्ने र मार्न लगाउनेको लागी कडा कानुन पनि बनेको छ तर यसको पुर्ण रुपमा कार्यनयन भएको भने खासै देखीदैन । त्यस्तै गोरखा सदरमुकामको ताप्लेमा गाई काटेको आरोपमा १ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको गोरखा नगरपालिका १ ताप्लेका सोमबहादुर नेपालीलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालीले आइतबार ताप्ले सामुदायिक बनमा गाई काटेको भन्ने खबर प्राप्त भएको र उनलाई मङ्गलबार नियन्त्रणमा लिएको हो । आज थप अनुसन्धानका लागि गोरखा अदालतमा पेश गरी म्याद थप गर्ने कार्य हुन लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई गोवध सम्वन्धी मुद्वा दर्ता गरी थप अनुसन्धान थालिएको छ । नेपाली संगै गोवध गरेको केही प्रमाण प्रहरीले संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख