४ माघ २०७७, आइतबार

श्रीमानलाई खुकुरी प्रहार गरि घाइते बनाउने महिला पक्राउ

गोरखा २, पुस । गोरखाको गोरखा नगरपालिका–१ ताप्लेमा एक महिलाले आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरि गम्भीर बनाएकी छिन् । स्थानीय ६७ बर्षकी थानकुमारी सिंखडाले सामान्य बिबादका क्रममा ७८ बर्षका श्रीमान हरिप्रसाद सिंखडालाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहान करिब ७ ः ३० बजेको थानकुमारीले श्रीमान माथि खुकुरी प्रहार गरेकी थिइन् । मानसिक सन्तुलन ठिक नभएकी उनले श्रीमानलाई खुर्पाले शरिरको विभिन्न भागमा प्रहार गरेको प्रहरीको भनाई छ । घाइतेको टाँउको, घाँटी तथा शरिरको धेरै भागमा चोट लागेको छ । उहाँको गोरखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लागि चितवन पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक धर्म अधिकारीले जानकारी दिनुभयो ।

श्रीमान श्रीमती मात्र बस्ने घरमा सधै जसो झै झगडा हुने गरेको स्थानीयको भनाई छ । थानकुमारीको विगत लामो समयदेखि मानसिक सुन्तलन ठिक नभएको पाइएको छ । उनलाई प्रहरीले थुनुवा कक्षमा समेत राख्न असजिलो भएको र जाहेरी पनि नपरेको भन्दै वडध्यक्ष र स्थानियको रोहबरमा घटना भएकै घरमा बस्ने गरी पठाउने तयारी भई रहेको समेत प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख