२४ श्रावण २०७९, मंगलबार

बुटवलमा सुरु भयो साहासिक खेल जिप लाईन

बुटवल । पर्यटकिय र साहसिक खेलका रुपमा परिचित जीप लाईन रुपन्देहीमा शुरु भएको छ । बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरि बुटवलको हिलपार्कमा जीप लाईन संचालनमा ल्याईएको हो ।    रुपन्देहीमा फुटबलमा लामो समयदेखि योगदान दिएका खेलप्रेमी हरि प्रसाद श्रेष्ठले यो खेल बुटवलमा भित्राएका हुन । लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समुहको हिलपार्क र उत्तरको अर्को डाडालाई जोड्ने गरि जीप लाईन तयार गरिएको छ ।
स्थानिय लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समुहसंग सहकार्य गरि बाईल्ड बल्डर्स नेपाल प्रालिले साहसिक खेल संचालनमा ल्याएको हो । आफनै ठाउमा खेल भित्राउन सामुदायिक वनसंग सहकार्य गरि साहसिक खेलका अनुभवी ब्यक्तित्व काठमाण्डौका राजकुमार श्रेष्ठको सहकार्यमा भित्राएका हुन ।
रुपन्देहीमा संचालनमा ल्याएको राजकुमार श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र खिमलाल भण्डारी छन । हिलपार्क जीप लाईन परियोजनामा करीब सवा करोडको गुरुयोजना अनुसार काम भैरहेको उनले बताए । पहिलो चरणमा जिम लाईनको पूर्वाधार तयार भएको छ । दुबै डाडामा रुखलाई नै आर्कषक ढंगले मचाङ बनाईएको छ ।
जीपलाईनमा झुण्डिएर पर्यटकले बुटवल शहरको सुन्दर दुश्यालोकन गर्छन । ‘लक्ष्मीनगर र हिलपार्कमा चिल्डेन पार्क बनाउने, चमेना गृह निमार्णको समेत तयारी छ ।’– उनले भने । दुईतर्फी जिम लाईन संचालन भएको नेपालको बुटवलमा मात्र भएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख