४ भाद्र २०७९, शनिबार

एनसेलले ल्यायो ‘एनसेल जबसप’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ सुरू गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममार्फत भेटाउने काम गर्दछ ।
एनसेलले आफ्नो हाल सञ्चालनमा रहेको अभियान ‘अनपज’अन्तर्गत यो सेवा सञ्चालनमा ल्याएको हो । यो अभियानले भविष्यको पुनर्विचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको छ ।
एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवका अनुसार भर्चुअल रुपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ । कामको खोजीमा रहेका र रोजगारदाता दुवै पक्षलाई एकै ठाउँमा भेट गराउने यो सेवाले ठूलो मह¤व राख्ने विश्वास लिएको उनी बताउँछन् ।
यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स १७१३७ ह्यास डायल गरी वा एनसेल जबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशनअनुसार कामदार वा काम दिने व्यक्तिले यो सेवा सुरू गर्न सक्नेछन् ।
काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न करसहित रू ६.३८ लाग्छ । एक पटक पोस्ट गरेको कामको विवरण एक हप्तासम्म रहन्छ । कामको खोजीमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसीमामा रहेर सेवा सुरू
गर्न सक्नेछन् । कामको खोजीमा रहेका व्यक्तिले करसहित रू ३.८३ मा ३ दिनको प्याक खरिद गर्न सक्नेछन् र त्यसैअनुसार प्याकको समय सीमाभित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख