४ भाद्र २०७९, शनिबार

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु

सैनामैना ,रुपन्देहीको सैनामैना नगरपालिकामा प्रथम सैनामैना खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

सैनामैना ब्याडमिन्टन क्लवको आयोजनामा “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ” भन्ने नारा सहित नगरको वडा नम्बर ३ स्थित कर्वड हलमा प्रथम राष्ट्रिय खुल्ला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । ब्याडमिन्टन खेलकुद प्रतियोगिताको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले एक कार्यक्रमका बिच उद्धघाटन गर्नुभयो । 

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले ब्याडमिन्टन खेलमा वयस्क उमेर समुहका व्यक्तिहरु आकर्षित हुँदै गएकोले यसको लोकप्रियता बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकार सँगै नगरपालिकाले पनि यस खेलप्रति विशेष चासो दिएको धारणा राख्नुभयो । 

नगर भित्र निर्माण भएको पहिलो कर्वड हलको चर्चा गर्दै नगर प्रमुख कार्कीले यस वर्ष वडा नम्बर ६ मा पनि लुम्बिनी प्रदेशको सहयोगमा व्यवस्थित कर्र्वड हल सम्पन्न गरिने जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख