४ भाद्र २०७९, शनिबार

चीनले बनायो पृथ्वीको जुनै स्थानमा दुई घण्टामै पुग्न सकिने जेट इन्जिन

काठमाडौँ । चिनियाँ वैज्ञानिकहरुले पृथ्वीको जुनै स्थान दुई घण्टामै पुग्न सकिने प्लेन इन्जिन बनाएका छन् ।

सो इन्जिनलाई उनीहरुले रिभोल्युसनरी प्लेन इन्जिन नाम दिएका छन् । यो विमानमा प्रयोग भएको इन्जिनले यसलाई दुई घण्टाभित्रै विश्वको जुनसुकै कुनामा पुर्‍याउन सक्ने निर्माण टोलीको दाबी छ ।

बेइजिङस्थित एउटा हाइपरसोनिक वाइण्ड टनलमा गरेको प्रोटोटाइपको परीक्षण फ्लाइटमा थ्रस्ट, इन्धन बचत र अपरेसन स्टाबिलिटीको आधारमा यसको पर्फमेन्स एकदमै अतुलनीय पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख