१२ माघ २०७७, सोमबार

किन लियो प्रहरीले बरिस्ठ नेता पौडेललाई हिरासतमा ?

काठमाडौ ।नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले हिरासतमा लिएको छ।
उनले फेसबुकमा लेखेका छन् ,`भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु।
साधरण कार्यकर्ता र नेपाली काङ्ग्रेस माथिको दमन र प्रहरी लाठीचार्ज बन्द गर।हाल केही दिन देखि उनी दमौलीमा रहेका थिए।

प्रहरीले वरिष्ठ नेता पौडेललाई तनहुँ ब्यास नगरपालिका -०१ तालघरे बाट नियन्त्रणमा लिएको हो।

तालघरे र दुम्सी जोड्ने पुलको काङ्ग्रेस नेता पौडेल बाट उद्घाटन गर्ने कार्यक्रम रहेको थियो तर प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो।झडप र तनाब हुन नदिन प्रशासनले निषेधाज्ञा समेत लगाएको थियो
पुल उद्घाटन पौडेल बाट हुन नदिन नेकपाले बिरोध गरेको थियो ।दमौलीमा पौडेल पक्षधर जसरी पनि उद्घाटन गर्ने र नेकपा निकट युवा मोर्चाले उद्घाटन गर्न नदिने भनेपछी निषेधाज्ञा जारी भएको थियो।

बल प्रयोग गरेर आफुलाइ प्रहरी नियन्त्रणमा लिएको भन्दै पौडेलले बिरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख