४ माघ २०७७, आइतबार

नेपाल स्वतन्त्र युवा समाजद्वारा आगलागी पिडितलाइ आर्थिक र खाधान्न सहयोग

नेपाल स्वतन्त्र युवा समाजले आगलागी पिडितलाइ आर्थिक र खाधान्न सहयोग गरेको छ।

मंसिर ११ गते ऎरावती गाउँपालिका ६ बिजुली बाँसडाँडा का बुबा केसब बिक र छोरा सुरेस बिक रोजगारी को सिलसिला मा भारत जाने क्रममा प्युठान जिल्ला सदरमुकाम मा हृदयघात का कारण बुबा केसब बिक को बाटो मै मृत्यु भएको थियो।

केशब बीकको मृत्यु भएकोको दोस्रो दिन १२ गते रातको १ बजे बिजुली सर्ट भएर घर आगलागी हुनु का साथै सम्पुर्ण सामान पुर्ण रुपमा खरानी भएको हुँदा छोरा सुरेस बिक को लागि नेपाल स्वतन्त्र युवा समाज का संयोजक जिबन खनाल को नेतृत्व मा आर्थिक संकलन गरि पिडित बिक को घर मा पुगि रु- १५२७५ र २५ किलो चामल, ३ लिटर तेल र २ किलो नुन हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख