१६ श्रावण २०७८, शनिबार

इशा गुरुङ र भीम उपाध्यायकै अपिलमा २२ लाख भन्दा बढी सहयोग, कति जनाले गरे त सहयोग?

नेपाल नेपालीको गौरवलाई विश्वसामु चिनाउने नेपालीका निम्ति निस्वार्थ रुपले सोचिरहने दुई प्रख्यात समाजिक अभियन्ता पनि इशा गुरुङ र भीम उपाध्यायको संयुक्त अपिलमा आविष्कार केन्द्रमा २२ लाख भन्दा बढी सहयोग जुटेको छ ।

उहाँहरुले गरेको अपिलले मात्रै नोवेम्बर १ देखि ३० सम्म ?महावीर पुन नेतृत्वको आविष्कार केन्द्रलाई ९१८ जना दाताले रू २२ लाख ८४ हजार ९५५/- दान दिइसक्नुभएको छ भन्ने कुरा जानकारी दिनु भएको छ , साथै उहाँ स्वयम यसो भन्न् हुन्छ , सबै रकम सीधै दाताबाट आविष्कार केन्द्रको खातामा जाने हो। यो रकम मलाई प्राप्त प्रमाणका आधारमा मात्र हो। मलाई प्रमाण नपठाई दान दिनेहरू पनि धेरै नै छन्। दानका लागि अनुकूल पवित्र अवसरमा दान दिनेछु भन्ने प्रतिबद्धता ब्यक्त गर्नेहरू पनि प्रसस्त छन्।

दानको क्रम र संभावना निरन्तर अघि बढ्दै बृहत र बिस्तारित हुदैछ भने कुरा उहाले व्याक्त समेत गर्नु भयो
नेपाली जनताको मनमा सहयोगको गहिरो भावना छ साथै विज्ञान, प्रविधि, अनुसंघान, अभिनव, आविष्कार क्षेत्रलाई पनि सहयोग गर्नु पर्छ भन्ने भवना जगाउनु पनि उत्तिकै आवश्यक छ ।

आउदो दिनमा थप यस्तै उदाहरणिय काम गर्ने थप उतप्रेरणा मिलोस साथै उहाँहरुले गरेको यो काम प्रति मेरो ब्यक्तिगत तर्फबाट साथै सम्पुर्ण टीमको तर्फबाट पनि हार्दिक आभार प्रकट गर्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख