६ बैशाख २०७८, सोमबार

निडर सुवास जस्ले हाने सानै उमेरमा बन्जी र उनको अनुभव

२ सय २८ मिटर । करिब ५ वटा धरहराको उचाइ । तपाईं त्यति माथिबाट हाम्फाल्दै हुनुहुन्छ । तल मुलुककै सबैभन्दा खतरनाक नदी कालीगण्डकी बगिरहेको छ । तपाईंलाई कस्तो अनुभव हुन्छ होला ? कल्पना गर्नुस् । किन कल्पना मात्रै गर्नुहुन्छ ? गरेरै हेर्नुस् न । धेरै टाढा जानुपर्दैन । पोखराबाट गाडीमा दुई घन्टाको यात्रापछि पुगिने द क्लिफ रिसोर्टमा यस्तो अवसर उपलब्ध छ । अर्थात्, विश्वकै सबैभन्दा सुन्दर र साहसीमध्येको बन्जी जम्प ।
द किल्फ को यो बन्जी संसारकै दोस्रो अग्लो बन्जी हो । सन २०२० अक्टोबर ३० मा सुरु गरिएको
बन्जी को २२ दिन्मा सुबास बने अहिले सम्मकै सनो बन्जी जमपर ।

तपाई को नाम, सुबास अधीकारी
काहा देखि आउनू भो, स्याङ्गजा देखि।उमेर कति भयो , १६ बर्ष ।
ओहो ! तपाइ त हाम्रो बन्जीको अहीले सम्म को सानो उमेर को पर्यटक।कति मा पढ्नुहुन्छ ,११ मा । बन्जी गर्न सक्नु हुन्छ त , सक्छु भनेरै आयको हो । ल तयार हुनुन्छ सुबास जि , ओके ।
जम्पिङ कुनै अग्लो स्थानबाट हाम्फाल्ने एक साहसिक गतिविधि हो । बन्जी जम्पिङ गर्दा तपाईं खुला आकाशमा हाम्फाल्नुहुन्छ, तर तन्किने विशेष डोरी शरीरमा बाँधेर मात्रै । सामान्यतया नदीको गहिरो खोँच वा अग्ला टावरबाट बन्जी जम्प गरिन्छ । नेपालको सबैभन्दा अग्लो बन्जी जम्प द क्लिफ रिसोर्टमै छ ।

केही समयअघि द क्लिफ रिसोर्ट पुग्दा बन्जी गरिन्छ कि गरिन्न भन्ने दोधार नै थियो । त्यसको पहिलो र एकमात्रै कारण थियो ‘डर’ । डरलाई जित्न सके बन्जी जम्पको स्वर्गीय आनन्द थियो, नसके एक किसिमको पश्चात्ताप । बन्जी गर्न मलाई मात्रै डर लागेको हो कि भन्ने लाग्थ्यो । तर, रिसोर्टका महाप्रबन्धक ले भने, ‘डरमा नै बन्जीको मजा छ, बन्जी गर्दा पनि कसैले म डराइनँ भन्छ भने त्यो अवश्य झुट बोलिरहेको हुन्छ ।’

वास्तवमा, यो डरलाई जित्ने सबैभन्दा उत्तम विकल्प भएको उनको भनाइ पछि भने बन्जी गर्ने अठोट पलायो । पर्यटकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने उनको भनाइले होइन, दुई दशकको इतिमासमा आजसम्म कुनै पनि अप्रिय घटना नभएको तथ्यांकले हौसला बढ्यो । हरेक महिना विदेशी विज्ञहरूमार्फत ‘सेफ््टी अडिट’ गराउने र बन्जी गर्ने डोरी पनि आयु सकिनुअगावै परिवर्तन गरिनेयो । र, बन्जी गर्न तत्पर भइयो ।

बन्जीको असली डर त्यसवेला हुन्छ, जब तपाईं पूरा जीउमा डोरी फिट गरी पुलको बारभन्दा बाहिर हाम्फाल्न तयार भएर उभिनुहुन्छ । हाम्फाल्ने पातोमा चार पाइला सरेर आधा गोडा बाहिर, आधा भित्र राखी उभिन बन्जी मास्टरले निर्देशन दिन्छन् । त्यो चार पाइला सार्न चार दिनबराबर अनुभव हुन्छ । चार हजारपटक मुटु धड्किएजस्तै हुन्छ । २ सय २८ मिटर तल छङछङ बगिरहेको कालीगण्डकीले निल्लाझैँ लाग्छ ।

चराले पखेटा फिँजाएजस्तै हात फैलाएर, छाती अगाडि धकेलेर उभिएर जब तपाईं हाम्फाल्नुहुन्छ, ३ सेकेन्ड तपाईं डरको चरम बिन्दुमा पुग्नुहुन्छ । र, लगत्तै जब तपाईं महसुस गर्नुहुन्छ, ‘म त डोरीसहित पो हाम्फालेको छु,’ । तब बन्जीको असली मजा लिनुहुन्छ । त्यो छङछङ कालीगण्डकी , त्यो अग्लो पहाड, त्यो खाेंच र त्यो हरियाली । अनि डरको चरमोत्कर्ष पार गरेपछि सन्तुष्ट जिन्दगी । ‘वाह !’ जसले जीवनमा एकपटक बन्जीमा हाम्फाल्दैन, उसको जीवन त खेर पो जाने रहेछ।’Source, Subash Adhikari Syanga

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख