२४ श्रावण २०७९, मंगलबार

प्रशासनले रोके पनि रामघाटमा भक्तजनहरुको ठुलो भीड

कोरोना भाइरसले गर्दा मेला लाउन स्थानीय प्रशासनले राके पनि कार्तिक पुर्णिमाका अवसरमा कपिलवसतुको रामघाटमा स्नान गर्न श्रद्धालुहरुको भीड लागेको छ। कोरोना भाईरसकाले गर्दा आईतबार प्रशासन कार्यालयले सुचना जारी गर्दा कार्तिक पुर्णिमामा भीडभाड नगर्न र मेला नलगाउन आग्रह गरेका थियो।कार्तिक शुक्ल पुर्णिमा दिन सोमवार बाणगंगा नदी अन्र्तगत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ। बाणगंगा नदीको रामाघाटमा हजारौ श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन। रामघाट मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो।

मेलाका लागि कपिलवस्तु नगरपालिकाले ठेक्का लगाउने गरे पनि यस बर्ष भने कोरोनाका कारण ठेक्का नलगाइएको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले बताए।

भक्तजनहरु यस बर्ष पनि रामघाटमा स्वस्फुर्तरुपमा रामघाटमा आएको उनले बताए। यस बर्ष गत बर्षकोे तुलनामा भक्तजनको संख्यामा भने कम रहेको उनले बताए। कार्तिक शुक्ल पुर्णिमा दिन जिल्लाको बाणगंगा नदीका बिभिन्न स्थानमा परंपरागत मेला लागेको छ।

बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा सोमवार लागेको मेला भर्न ठुलो संख्यामा श्रद्धालुहरु आएका थिए्।

प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व बाकेको श्रद्धालु भक्तजनहरु बताउछन।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख