तिलोत्तमा ११ मा शहरी स्वास्थ्य केन्द्र भवनको उद्घाटन

तिलोत्तमामा शहरी स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं. ११ मद्रहानीमा निर्माण भएको शहरी स्वास्थ्य केन्द्र भवनको आज नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो ।अब शहरी स्वास्थ्य केन्द्र आफ्नै भवनमा सञ्चालन हुनेछ ।
हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था आफ्नै भवनमा सञ्चालन गर्ने नीतिअनुरुप यो भवन निर्माण भएको हो ।
शहरी स्वास्थ्य केन्द्र वडा कार्यालय नजिकैं छ ।