४ भाद्र २०७९, शनिबार

शैक्षिक गुणस्तर सङ्गै भौतिक संरचनामा पनि अब्बल बन्दै जनज्योति

नाम मात्रै होइन काम पनि जनताको ज्योति कै रुपमा गुणस्तर शिक्षा प्रदान गर्ने केन्द्रकारुपमा आफुलाई स्थापित गर्दै आइरहेको जनज्योति मा.बि.मा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतको आठ कोठे भवनको दोस्रो तलाको ढलान सम्पन्न भएको छ।

तराई मधेश समृद्धि कार्यक्रम र घोडाघोडी नगरपालिकाको लागत तथा बिध्यालयको साझेदारीमा उच्च गुणस्तर कायम भएको भुकम्प प्रतिरोधी मजबुत बवन सम्पन्न भएको छ।यो विशाल भवनको लागी योजना माग कसरी गर्नुभएको हो?योजना कसको सहयोगमा ल्याउन सफल हुनुभयो

?भनेर जनज्योति मा,बि का प्रधानाध्यापक बक्त बहादुर शाहि सङ्ग हामिले जिज्ञासा राख्दा लाखौं प्रयासका बाबजुद सम्बन्धित पक्षको सहयोग र बिश्वासका कारण यो योजना छनौट गरि हाम्रै बिध्यालयमा पार्न सफल भएका हौं। तराई मधेश समृद्धि कार्यक्रम ,काठमान्डूबाट रु ३० लाख, घोडाघोडी नगरपालिकाबाट रु ८ लाख र बिद्यालयको लागतसाझेदारीबाट १ लाख ४०हजारको लागत स्टेमेट्मा कार्य सम्पन्न हुँदै छ भनेर उहाले हामीसित बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख